नागरिक पार्टीको चुनावी अभियान सुरु
कास्की | बैशाख २०, २०७९
पोखरा: पोखरा महानगरपालिकाको मेयर, वडा अध्यक्ष लगाएत सदस्यहरुमा उम्मेदवारी दिएको राष्ट्रिय नागरिक पार्टीले चुनावी अभियानलाई तिव्रता दिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ९ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका पत्रकार कृष्ण रानाभाटले निर्वाचन आचारसंहितालाई पुर्ण रुपमा पालना गर्दै मतदाताको घरदैलोमा गइ प्रत्यक्ष रुपमा भेटेर आफ्ना एजेन्डा राख्दै प्रचारप्रसार गरेका छन् ।
उनले पोखराको मुख्य वजार महेन्द्रपुल, साँधुमुख, नयाँवजार क्षेत्रमा घरदैलो गर्दै आफ्नो दलका उम्मेदवारलाई जिताउन चङ्गा चिन्हमा भोट हाल्न आग्रह गरेका छन् । साथै मतदानमा विना संकोच, विना डरत्रास सक्रिय सहभागि भई सहि तरिकाले मतदान गर्न पनि मतदाताहरुलाई अनुरोध गरेका छन् ।
राष्ट्रिय नागरिक पार्टीबाट पोखराको मेयरमा सृजनादेवि रिजाल कार्की, पोखरा २१ मा वडा अध्यक्ष पदमा लक्ष्मण सुनार, महिला सदस्यमा तुल कुमारी थापामगर, दलित महिला सदस्य नारायणी परियार र खुल्ला सदस्यमा प्रदिप सुनार र विष्णु बहादुर थापाले उम्मेदवारी दिएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

